प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडनबीच भेट, अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अमेरिका- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडनबीच भेट भएको छ । न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडनबीच भेट भएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिकामा छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया