नेपाल र चीनबीच १२ सम्झौता, १ समझदारी
काठमाडौँ- नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरूले सम्झौता गरेका हुन् ।
जसमा १२ सम्झौता र १ समझदारी भएको छ । कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित सझौता भएको हो ।
नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशनसम्बन्धी सम्झौता चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले आदानप्रदान गरेका छन् ।
विद्युत्, सडक पूर्वाधार, कृषि, व्यापारलगायत क्षेत्रमा १२ सम्झौता र १ समझदारी भएको हो । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया