कूटनीति

हमासको आक्रमणमा परी मृत्यु भएका पाँच नेपालीको शव दूतावासले बुझ्यो, नेपाल पठाउने तयारी

इकागज |
असोज २८, २०८० आइतबार २१:५१ बजे

काठमाडौँ -इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणबाट मारिएका पाँच विद्यार्थीको शव बुझेको छ । आज एक विज्ञप्ति जारी गर्दै दूतावासले नारायण प्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली , दिपेश राज विष्ट र आशिस चौधरीको शव बुझेको जनाएको छ । 

सो घटनामा परी दुखद निधन भएका अन्यको शव प्राप्त गर्ने क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जानकारी दिएको छ । 'सम्पर्कविहीन विपीन जोशीको खोजी कार्य भइरहेको छ', विज्ञप्तिमा भनिएको छ । 



Author

थप समाचार
x