कतारी राजाको नेपाल भ्रमण स्थगित
फाइल तस्बिर
काठमाडौँ- कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको समाचारमा इकागजमा प्रकाशन भएको थियो ।
पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले इकागजलाई जानकारी दिए ।
कतारस्थित नेपाली दूतावासका अनुसार हाललाई नेपाल र अन्य दुई देशको भ्रमण स्थगित भएको छ । मध्यपूर्वमा भईरहेको इजरायल प्यालेस्टाइन द्वन्द्वका कारण अमिरको भ्रमण पुनः अनुकुल समयमा मिति तय गर्ने गरि स्थगित भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया