कूटनीति

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

इकागज |
कात्तिक २३, २०८० बिहीबार १८:२० बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए । साथै उनले विपद्पछिको पुनर्उत्थानका र पुनर्निर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए । 



Author

थप समाचार
x