कूटनीति

ओहोदाको प्रमाणपत्र प्रस्तुत

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १८:३१ बजे

काठमाडौँ- मङ्गोलियाका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले त्यहाँका विदेशमन्त्री न्यामदोर्ज अङ्खबायारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गरेका छन् । 

राजदूत श्रेष्ठलाई स्वागत गर्दै मन्त्री अङ्खबायारले नेपालसँगको सम्बन्ध र सहयोग विस्तार गर्न आफ्नो मुलुक तत्पर रहेको बताए । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठक नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै उनले यो वर्षको शिशिर याम समाप्त हुने बित्तिकै संयन्त्रको बैठक आयोजना गर्न आफू इच्छुक रहेको बताए । 


नेपाल र मङ्गोलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार गर्न दुई देशबीच हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । उनले दुवै देशका बौद्धमार्गीका माध्यमबाट जनतस्तरको सम्बन्धलाई अझ सबल बनाउन मद्दत पुग्ने बताए । 

त्यस अवसरमा शिष्टाचार महापाललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । रासस


Author

थप समाचार
x