काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर
काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगेका हुन् ।
जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।
जयशंकरको पहिलो भेट बिहान ११:०० शितलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।
राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्रमन्त्री एनपी साउदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।
लगत्तै १:१५ बजेबाट नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु हुनेछ भने १:४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सो सम्झौतापछि विदेशमन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता हुनेछ, जसअनुसार ३:४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४:३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ ।
साँझ ६:१५ देखि सोल्टी होटलमा विदेशमन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ ।
आज दिनभर औपचारिक कार्यक्रममा व्यस्त रहेपनि भोलि भने भारतीय विदेशमन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन्, जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुन:निमार्ण भइरहेका भवनहरूको निरिक्षण गरेर १२ बजे अपरान्ह स्वदेश फर्कनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया