नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरू
काठमाडौँ- नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरू भएको छ ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।
भारतीय विदेशमन्त्री डा. जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया