कूटनीति

राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

इकागज |
पुस २६, २०८० बिहीबार १३:२२ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं संघीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए । 


राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । 


Author

थप समाचार
x