कतारी राजा वैशाख दोस्रो साता नेपाल आउँदै
काठमाडौँ- कतारी राजाको नेपाल भ्रमण हुने भएको छ । राजा शेख तमिम बिन हमद अल थानीको दुई दिनका लागि वैशाखको दोस्रो साता नेपाल भ्रमण हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
'आगामी वैशाखम उहाँको भ्रमण हुने गरी तयारी भइरहेको छ,' इकागज दूतावास स्रोतले भन्यो,' भ्रमणका लागि आन्तरिक कुराहरू मिलाउन मात्र बाँकी रहेको छ ।‘
कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालका अनुसार कतारको राजा नेपाल आउन इच्छुक छन् ।
स्रोतका अनुसार भ्रमणमा आठदेखि दश वटा प्रोजेक्टमा सम्झौता हुन सक्नेछ । सन् २००५ भएको श्रम सम्झौता भएको यस पटक १८ वर्षपछि सम्झौता गर्ने तयारी छ । स्रोतले कतारको उच्च तहबाट हुने भ्रमण सफल हुने विश्वास बताएको छ ।
यसअघि अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको थियो । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको समाचारमा इकागजमा प्रकाशन भएको थियो ।
पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण थानीको नेपाल भ्रमण स्थगित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया