उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासंघका राजदूत नोभिकोभबीच भेटवार्ता
काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गरेका थिए ।
भेटमा राजदूत नोभिकोभले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया