कूटनीति

अष्ट्रिया, सोल्भेनिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

इकागज |
जेठ ३०, २०७८ आइतबार १५:३८ बजे

काठमाडौँ : अष्ट्रिया, सोल्भेनिया र माल्टाले नेपाललाई कोभिडविरुद्धको लडाइँमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली युनियनले ‍आइतबार बिहान स्वास्थ्य सामग्री आइपुगेको जनाएको छ ।

फेस मास्क ३० हजार, पन्जा एक लाख, प्रोटेक्टिभ चस्मा १२ हजार ५००, प्रोटेक्टिभ मास्क एक लाख, मास्क छ लाख, पल्स अक्सिमिटर १ हजार, एन्टीजेन्ट कीट दुई हजार ४००, थर्मोमिटर १३० र फेस सिल्ड ५ हजार सहयोग गरेको हो ।


नेपालस्थित युरोपेली युनियनका इयू राजदूत नोना डेप्रेजले स्वास्थ्य मन्त्रालयका अधिकारी डा. रोशन पोख्रेलले हस्तान्तरण गरेकी हुन् । 'नेपालमा महामारी सुरु भएदेखि युरोपेली युनियन नेपालको साथमा रहेको छ । नेपालको साथमा युरोपेली युनियन छन् र यो समयमा कोही पनि सुरक्षित छैनन्,' डेप्रेजले भनिन्।


Author

थप समाचार
x