Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कूटनीति

प्रधानसेनापति र अष्ट्रेलियाकी राजदूतबीच भेटघाट

इकागज |
साउन १, २०८१ मंगलबार १९:५० बजे

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।



Author

थप समाचार
x