कूटनीति

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेटवार्ता

इकागज |
साउन २, २०८१ बुधबार १४:३४ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले ​शिष्टाचार भेट गरेका छन् ।

बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदूत छनले बताएका छन् ।


राजदूत छनले भनेका छन्, ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं ।'

यसअघि मंगलबार परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।


Author

थप समाचार
x