कूटनीति

सहरी विकासमन्त्री सिंह र चिनियाँ राजदूत सङबीच भेट

नेपालको सहरी क्षेत्रको विकासमा थप सहकार्य गर्न तत्पर छौं : चिनियाँ राजदूत सङ

इकागज |
साउन ३, २०८१ बिहीबार १५:२७ बजे

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको सहरी क्षेत्रको विकासमा थप सहकार्य गर्न तत्पर रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सङले दुई देशबीचको सहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताएका हुन् ।


त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षा लगायतका क्षेत्रमा पनि सहयोग गर्न सक्ने राजदूत सङले बताएका थिए ।

त्यस्तै चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा सहर बनाउने विषयमा पनि चीनले सहयोग गर्न सक्ने राजदूतले बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

सो क्रममा राजदूत सङले सिंहलाई बधाई दिँदै नयाँ कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । 


Author

थप समाचार
x