कूटनीति

परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

इकागज |
साउन ९, २०८१ बुधबार २१:१७ बजे

काठमाडौँ  -  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 
 


Author

थप समाचार
x