कूटनीति

परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

इकागज |
साउन ११, २०८१ शुक्रबार १४:१९ बजे

काठमाडौँ-  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।



Author

थप समाचार
x