परराष्ट्रमन्त्री राणासँग अमेरिकी उप-विदेशमन्त्री बर्माको भेटवार्ता
काठमाडौँ- अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड बर्माले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार अपराह्न परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री बर्माबीच भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ । आजै काठमाडौँ आएका उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया