कूटनीति

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

इकागज |
भदौ २, २०८१ आइतबार १५:४७ बजे

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । राणालाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी राणाले भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् ।


दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ । 

मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी बिहीबार स्वदेश फर्कने तालिका छ ।


Author

थप समाचार
x