कूटनीति

आरजुले भनिन् - भारत भ्रमण सफल भयो

इकागज |
भदौ ६, २०८१ बिहीबार १७:२६ बजे

फाइल फोटो

काठमाडौँ - परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । 

पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको भन्दै भारत भ्रमण सफल भएको बताएका हुन् ।


भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जानकारी दिँदै उनले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताए । 

यस्तै, भारतीय समकक्षी एस.जयशंकरसँगको भेटमा व्यापार, पारवहन, हवाई रुट, पञ्चेश्वर, सीमा पूर्वाधार क्षेत्रमा छलफल भएको उनले बताए । 

त्यस्तै उनले भ्रमणका क्रममा भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतामा प्रतिबद्धता जनाएको उल्लेख गरे । 


Author

थप समाचार
x