कूटनीति

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेबीच भेटवार्ता

इकागज |
भदौ ८, २०८१ शनिबार १४:२६ बजे

काठमाडौँ- गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ ।

शनिबार गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खड्से गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।


यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । 

सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरूको उपचार, मृत्यु भएकाहरूको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सकिएको बताइएको छ ।

मृतकहरूको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।


Author

थप समाचार
x