प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट
काठमाडौँ - प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोंगबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया