कूटनीति

अमेरिकाको डिभी भिसा खुल्दै, राती सवा ९ बजेदेखि आवेदन दिन पाइने

इकागज |
असोज १६, २०८१ बुधबार १६:५६ बजे

काठमाडौँ- अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) २०२६ का लागि आवेदन खुलाएको छ । डाइभर्सिटी भिसा कार्यक्रम आज बुधबार (अक्टोबर २) नेपाली समयअनुसार राति ९ : ४५ बजेदेखि खुल्दैछ।

डिभी कार्यक्रमका लागि प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन नेपालस्थित अमेरिकी दूतावासले भनेको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले स्पष्ट पारेको छ ।


अक्टोबर २ राति सवा ९ बजेदेखि खुला भइ नोभेम्बर ५ राति १० :४५ बजेसम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्ने दूतावासले जनाएको छ ।

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् । दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ ।

डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ ।

डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ ।


Author

थप समाचार
x