कूटनीति

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा

इकागज |
कात्तिक ३, २०८१ शनिबार १८:१ बजे

काठमाडौँ - उच्चस्तरीय चिनियाँ टोली काठमाडौं आइपुगेको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौं आइपुगेको हो । चिनियाँ टोलीलाई एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।


आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । उक्त कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरुले धारणा राख्ने बताइएको छ । चिनियाँ टोलीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ । 


 


Author

थप समाचार
x