नवनियुक्त चार राजदूतले लिए शपथ
काठमाडौँ - विभिन्न देशका नवनियुक्त चार राजदूतले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
पाकिस्तानका लागि रीता ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि धनप्रसाद पण्डित र चीनका लागि कृष्ण प्रसाद ओलीले राजदूतमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरू राष्ट्रपतिबाट नियुक्त भएका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया