कूटनीति

चिनियाँ राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्रीको टोलीले गर्यो भक्तपुरको अवलोकन भ्रमण

इकागज |
फागुन ११, २०८१ आइतबार १९:६ बजे

भक्तपुर - जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले आइतबार भक्तपुरको अवलोकन भ्रमण गरेका छन् । विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको टोलीले अवालोकन भ्रमण गरेको हो । 

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गरे । 


सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा भक्तपुर नगरपालिकाले विशेष प्राथमिकता दिएर काम गर्दै आएको बताउँदै भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूबाट विदेशी पर्यटक आकर्षित भइरहेको बताए ।

राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएले भक्तपुरका सम्पदा, कला कृतिहरू धेरै राम्रो लागेको र घुम्न धित नपुगेको बताउँदै अवसर मिलेमा पुनः भक्तपुरमा आउने वाचा गरे ।

प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्नझ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुब्र्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।
 


Author

थप समाचार
x