कूटनीति

जापानी राजदूत तोरुले मातृशिशु अस्पतालको भ्रमण गरे

इकागज |
फागुन २२, २०८१ बिहीबार १८:५६ बजे

काठमाडौँ-  नेपालका लागि जापानी राजदूत मायदा तोरुले मातृशिशु भेरी अस्पतालको भ्रमण गरेका छन् । बिहीबार पोखरास्थित मातृशिशु अस्पतालको भ्रमण गरेका हुन् । पोखरामा सन् २०१३ जापानको नागानो प्रान्त कोमगाने सहयोगमा उक्त अस्पताल निर्माण गरिएको हो ।

यस अस्पताल पोखरा र कोमगाने सहरबीचको मित्रताको प्रतिकको रुपमा रहेको छ । जापानको सहयोगमा बनेको अस्पतालले आमा र शिशुको जीवन संरक्षणमा ठूलो योगदान गरेको छ । जापानले समुदायमा स्वास्थ्य र शिक्षाको गतिविधि बढाउन विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।



Author

थप समाचार
x