कूटनीति

राजनीतिक लाभ लिन खोपको व्यापार गर्ने छैनौँ : राजदूत बेरी

इकागज |
असार २८, २०७८ सोमबार १२:४६ बजे

काठमाडौँ : नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले राजनीतिक लाभ लिन खोपको व्यापार नगर्ने स्‍पष्‍ट पारेका छन् । राजदूत बेरीले ट्वीटरमार्फत अमरिकी नागरिकको तर्फबाट नेपाललाई नि:शुल्‍क उपहार दिएको बताए ।  'राजनीतिक लाभ लिनका लागि हामी खोपको व्यापार गर्ने छैनौँ,' भिडियो सन्देशमा उनले भनेका छन्, 'अमेरिकी नागरिकको तर्फबाट निःशुल्क उपहार हो ।' खोप जीवन रक्षासँग जोडिएको विषयसमेत रहेको बेरीले बताए । जोन्सन एण्ड जोन्सनको एक मात्रा लगाए पुग्ने उनले जानकारी दिए ।

सोमबार कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिएको थियो । नेपालको ५ प्रतिशत मानिसलाई अमेरिकाबाट ल्याइएको खोपले पुग्ने उनको भनाइ छ । 'कोभिड-१९ को महामारीमा सहयोग गर्न पाउँदा गर्व महसुस भइरहेको छ,'  उनले भनेका छन्,' महामारीको समयमा सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र बनेको छ ।' उनले संकटको घडीमा नेपाली जनताको साथमा रहेको थप विश्वास दिलाउन चाहेको बताए ।


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजना गरी राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तातन्तरण गरेका थिए । कोभ्याक्समार्फत यसअघि पनि गत वर्षको फागुन २३ गते तीन लाख ४८ हजार खोप आएको थियो ।

 


Author

थप समाचार
x