कूटनीति

भिसा नियम उल्लंघन गरेमा अमेरिकाबाट निष्कासित गरिनेछ: अमेरिकी दूतावास

इकागज |
चैत ६, २०८१ बुधबार १८:४५ बजे

काठमाडौं - भिषा नियम उल्लंघन गरेमा अमेरिकाले निष्कासन गर्ने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै सो चेतावनी दिएको हो।


अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दूतावासले भनेको छ, `र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।`


Author

थप समाचार
x