सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट
फाइल तस्बिर
कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन् । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक-पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।
“अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,” उनले भने, “समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ ।” सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उनले बताए ।
मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्दै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताए । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उनले बताए । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया