परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा.जयशंकरबीच न्युयोर्कमा भेटवार्ता
फोटो : भारतीय विदेशमन्त्री जयशंकरको ट्वीटबाट
काठमाडौँ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा.एस जयशंकरसँग अमेरिकामा भेटवार्ता गरेका छन् । न्युयोर्कमा भएको भेटवार्तामा नेपाल र भारतका समग्र दुईपक्षीय विषयमा छलफल भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा.जयशंकरबीच भएको भेटवार्तामा दुई देशको पछिल्लो आपसी सम्बन्धबारे छलफल भएको भारतीय विदेशमन्त्री डा.जयशंकरले ट्वीट गरेर जनाएका छन् ।
भेटवार्तामा दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई थप अगाडि बढाउने र सहकार्य गर्ने सहमति भएको पनि जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । पछिल्लो समय दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनापछि नेपाल र भारतबीचको सम्बन्ध त्यति हार्दिक देखिएको छैन । यस विषयमा नेपाल सरकारले लेखेको कूटनीतिक नोटको उत्तर समेत भारत सरकारले अहिलेसम्म दिइरहेको छैन ।
यसअघि नेपालको नयाँ नक्सा, कालापानी क्षेत्रमा सैन्य उपस्थिती, दुई मुलुकका समस्या समाधानका लागि बनाइएको प्रबुद्ध व्यक्ति समूहले तयार गरेको प्रतिवेदन समेत भारतले बेवास्ता गरिरहेको छ । यस्तो बेलामा अमेरिकामा भएको भेटवार्तामा भारतीय विदेशमन्त्रीले दुईपक्षीय सम्बन्धलाई थप अगाडि बढाउने सहमति जनाउनु सकारात्मक कदम भएको परराष्ट्र अधिकारीको टिप्पणी छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतीय मन्त्रीबीचको दुई पक्षीय भेटवार्तालाई सकारात्मक रुपमा हेरिएको छ । यसपटक साइडलाइन दुईपक्षीय वार्ताहरु भएपनि सार्क विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक भने हुन सकेन ।
Pleased to welcome my new Nepali colleague, Dr. Narayan Khadka.
Agreed that we should work together closely to take our special relationship forward. pic.twitter.com/NA5D3PYBjC
— Dr. S. Jaishankar (@DrSJaishankar) September 26, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया