कूटनीति

राष्ट्रसंघको ७६औँ महासभा

अफगानिस्तानको राजनीतिक घटनाक्रम विश्‍वमै चिन्ताको विषय : परराष्ट्रमन्त्री खड्का

'विषमपूर्ण परिस्थितिलाई पराजित गर्ने एक मात्रबाटो भनेको  लोकतन्त्र र बहुपक्षवाद'

इकागज |
असोज १२, २०७८ मंगलबार १२:१५ बजे

काठमाडौँ - नेपालले अफगानिस्तानसहित अन्तराष्ट्रिय विषयमा विश्वको ध्यानाकर्षण गराएको छ । विश्वमा देखा परेको पछिल्ला अलोकतान्त्रिक र विकसित घटनाक्रम सबैको चिन्ताको विषय रहेको धारणा परराष्ट्रमन्त्री डा. नारायण खड्काल व्यक्त गरेका छन् । उनले मंगलबार न्युयोर्कमा  राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै त्यस्तो चिन्ता व्यक्त गर्दै आफू दक्षिण एसियाली मुलुक नेपालको नागरिकले दक्षिण एसियामा निम्तिएको अफगानी घटनाक्रम सबैको साझा चिन्ताको विषय भएको बताए । 

उनले त्यहाँको घटनाक्रमबारे स्पष्ट पार्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने भन्दै सार्कको अध्यक्षको अभिव्‍यक्ति दिए । परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन विश्वमा शक्ति मुलुक र लोकतन्त्रमा विश्वास गर्नेहरु नै लागि पर्नुपर्ने उनको धारणा छ । अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता गर्दै आधारभूत अधिकार र इज्जतका साथ जीवन बाँच्न पाउनुपनेएमा जोड दिए । 


सार्कको कान्छो सदस्यलाई सुझाउँदै अफगानिस्तानले पनि राष्ट्रसंघको बडापत्रमा आधारित भएर नै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्नेमा उनको जोड थियो । उनले कोभिडबाट ज्यान गएका विश्वका नागरिकप्रति श्रद्धाञ्जली दिँदै सुरु गरेको धारणामा उपस्थित समुदायलाई भावुक बनाएका थिए । कोभिडको परिस्थितिको समाना गर्दै अघि बढेको विश्वले नागरिक हितमा सहकार्य आवश्यक रहेको बताएका थिए । 

उनले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्ने एक मात्रबाटो भनेको  लोकतन्त्र र बहुपक्षवाद नै रहेको बताए ।  उनले विम्स्टेक सदस्य मुलुक म्यानमारमा तत्काल  प्रजातन्तत्र पुनर्बहालीका लागि सबै पक्षलाई आग्रह समेत गरे ।  उनले पश्चिम एसियाली मुलुक इजरायल प्यलेस्टाइनबीचको संघर्षको समाधान अस्तित्वका आधारमा हुनुपर्ने धारणा राख्दै लिबिया, सिरिया र यमनमा देखिएका समस्या समाधानका विषयमा सहमति जुटाउन आवश्यक रहेको बताए । 

‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै राष्ट्रसंघलाई पुनःजागृत गराउने’ नारा सहित गत मंगलबार उच्चस्तरीय डिवेट सुरु भएको राष्ट्रसंघको ७६औँ महासभामा उनले नेपालको समस्या देखि विश्वमा देखा पर्ने समस्याहरूबारे धारणा राखेका थिए । 

उनले नेपालले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र वहुपक्षवाद रहेको भन्दै यसको अपरिहार्यताबाट विश्व कतै जान नसक्ने बताए । परराष्ट्रमन्त्री डा खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवर्द्धन बहुपक्षवादबाटै गर्न सकिने भन्दै राष्ट्रसंघमा बहुलवादको बारेमा व्याख्यान दिए । 

सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरणका लागि विश्वले हातेमालो गर्नैपर्ने भन्दै उनले भने, ‘सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्छ । जन सेवा र भूगोलको बचाउ हाम्रो कर्तव्य नै हो ।’ 

उनले नयाँ  कोणबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दालाई कर्तव्यबाट विमुख नबनाई काम गर्नुपर्ने बताए । नेपालले कसैसँग पनि शत्रुता नगर्ने र आधार तयार गरेर अघि बढेको भन्दै हाम्रो मुल मन्त्र नै विश्वका सबै हाम्रा मित्रु रहेको बताए । 

६ दशक भन्दा लामो समयदेखि लगतार रूपमा नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढावा दिन राष्ट्रसंघको शान्ति स्थापनाको कार्यमा संलग्न रहेको  बताउँदै भने, ‘हामी सबै भन्दा ठूलो संख्यामा सेना योगदान गर्ने दोस्रो मुलुकमा छौ । त्यही अनुरुप उच्च तहमा हाम्रो उपस्थिति रहनुपर्छ । यसमा सबैको ध्यान जान आवश्यक छ ।’ उनले विश्व राजनीतिमा नेपाल सधै सक्रिय रहने र सबैलाई मित्रवत व्यवहार गर्ने कुरा दोहोर्‍याउदै उनले भने, ‘अल्पविकसित एवं भूपरिवेष्टित मुलुकको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहे पनि हामी  सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट स्तरोन्नतिको योजनासहित अघि बढेका छौ। त्यसमा प्रतिवद्ध छौँ ।’ 

जलवायुको असर नेपाल जस्तो मुलुकमा परेको र हामीले नगरेको कार्वन उत्पादनको जोखिममा हामी जस्ता मुलुक परेको विषय पनि उनले उठाएका थिए । अल्पविकसित र भूपरिवेष्टित विकासशील देशहरूलाई भूमण्डलीकरणबाट लाभान्वित गराउन उनीहरूका संरचनात्मक अवरोध हटाउँदै भरपर्दो र दिगो वित्तीय सहायता, साझेदारी र प्रविधि हस्तान्तरण आवश्इक रहेको पनि बताए । 

कतिपय मुलुकले संकटलाई बाहना बनाएर सीमा रोक्ने सहयाता रोक्ने जस्ता कार्य गर्न नहुने विषयमा उनले घुमाउरो रुपमा राखेका थिए । नेपालको उत्तरी नाका सहज नभएको विषय सिधा नभने पनि भूगोल रसंकटको बाहनामा बन्द भएको विषयलाई उनले सम्बोधन गर्न खोजेको देखिन्छ ।

उनले आप्रवासन समस्या देखि कामदारको हक हितका विषयमा समेत कुरा उठाएका छन् । उनले कोभिडको प्रभावमा विकसित र धनि मुलुकले खोप स्टोर गरेर राखेको तर साना र गरिव मुलुकले खोप लगाउन नपाएको विषयलाई पनि उजागर गर्दै यस्तो असमान व्यवहारप्रति विश्व चनाखो हुनुपर्ने बताएका थिए । ‘कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित राष्ट्रसंघीय प्रणालीलगायत र सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ, ’ उनले भने । 

मानव जीवनमा बाच्न पाउने पहिलो अधिकार हुनुपर्ने भन्दै  कोभिड–१९ खोप प्राप्ति र पहुँचका बाधा र चुनौतीलाई चिर्दै नेपालले आफ्नो कूल जनसङ्ख्याको झण्डै २० प्रतिशतमा खोप लगाउन सफल भएको पनि बताए । उनले आतङ्कवादका सबै रूप र प्रकटिकरणको निन्दा गर्दै त्यसमा विश्व एक भएर अघि बढ्नुपर्नेमा जोडदिए । 


Author

थप समाचार
x