डा. भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक
काठमाडौँ : पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ । उनको यो दोस्रो पुस्तक (नेपालीमा लिखित दोस्रो) पुस्तक हो । साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको उक्त पुस्तकमा हालसम्म परराष्ट्र सचिव भएका २४ पूर्वसचिवले सम्पादन गरेको कामका साथमा उनीहरूको पारिवारिक अवस्थाका बारेमा उल्लेख गरिएको छ ।
पुस्तकमा मुन्सीहरूको प्रशासनिक दबदबाका विभिन्न पाटालाई उजागर गर्ने प्रयास भएको छ । सात सालपछिको राजनीतिक प्रणाली परिवर्तनपछि अहिलेसम्मका परराष्ट्र सचिवको काम र योगदानमा प्रत्यक्ष-परोक्ष प्रभाव पार्ने व्यक्तिलाई पनि पुस्तकको कथ्य बनाइएको छ । छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तकले केही पक्ष समेटेको छ ।
सन् १९७७ को लोकसेवा आयोगका परीक्षामा पहिलो भएर निजामती सेवा प्रवेश गरेका डा भट्टराईले कूटनीतिक सेवामा झण्डै चार दशक बिताए । डा भट्टराई कूटनीतिक सेवाका क्रममा नयाँ दिल्लीमा उपनियोग प्रमुख, जर्मनी र जापानका लागि नेपाली आवासिय राजदूत, परराष्ट्र मन्त्रालयका प्रवक्ता, परराष्ट्र सचिव र राष्ट्रपति विद्यादेवी भण्डारीका विदेश मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारसमेत रहेर काम गरिसकेको अनुभव छ ।
अन्तरराष्ट्रिय सम्बन्धमा महाविद्यावारिधि गरेका भट्टराई यसअघि उनको नेपालीमा ‘परराष्ट्रका पात्र’ तथा अङ्ग्रेजीमा दुई पुस्तक प्रकाशन भइसकेका छन् । अघिल्लो कृति नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा रहेका मन्त्रीदेखि परराष्ट्र नीतिका सम्बन्धमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया