नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक
फाइल तस्बिर: साउदी अरेवियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद दुई दिने नेपाल भम्रणका लागि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्दा परराष्ट्र सचिव भरतराज पौडेलसँग कुराकानी गर्दै । तस्बिर: रासस
काठमाडौं - नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरूमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।
बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया