कूटनीति

भारतले पठायो राजदूत शर्माको अग्रिमा

इकागज |
चैत २, २०७८ बुधबार १३:२६ बजे

काठमाडौँ– भारतका लागि सिफारिश भएका डा. शंकर शर्माको अग्रिमा प्राप्त भएको छ । भारतीय विदेश मन्त्रालयले राजदूत शर्माको अग्रिमा परराष्ट्र मन्त्रालयमा पठाएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टी गरिन् । 

कोभिड–१९ र युक्रेन युद्धका कारण अग्रिमा आउन केही समय ढिलाइ भएको बुझिएको छ । शर्मासँगै राजदूत सिफारिश भएका ज्ञानचन्द्र आचार्य (बेलायत) र प्राध्यापक श्रीधर खत्री (अमेरिका) अग्रिमा प्राप्त भएसँगै नियुक्ती लिएर सम्बन्धित मुलुकमा मिसनमा कार्यभार सम्हाल्न पुगिसकेका छन् । 


अग्रिमा प्राप्त भएसँगै शर्मा राष्ट्रपतिबाट सपथ लिएर कार्यभार सम्हाल्न नयाँ दिल्ली जानेछन् । 

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि गत कार्तिक ११ मा राजदूत सिफारिश गरेको थियो । उनीहरूको संसदीय सुनुवाई सकिएपछि परराष्ट्र मन्त्रालयले ले अग्रिमाका लागि सम्बन्धित देशमा पठाएको थियो । 
 


Author

थप समाचार
x