चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार नेपाल भ्रमणमा आउने
काठमाडौँ– चिनियाँ स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउन लागेका छन् । उनी नेपाली समकक्षी नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
कोभिड–१९ महामारी शुरु भएपछि नेपालमा हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । उनी शुक्रबारदेखि आइतबार (११–१३ चैत) सम्म नेपाल भ्रमणमा हुनेछन् ।
भ्रमणका क्रममा दुई परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुनेछ ।
चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया