लमजुङमा झाडापखालाका बिरामी बढे
फाइल फोटो
लमजुङ- गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना बिरामीअस्पतालमा आउने गरेका छन् ।
गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका डा. विष्णु अर्यालको भनाइ छ । यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएका लगायतका बिरामी आउने गरेका छन् । अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया