उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि
फाइल फोटो
उदयपुर - उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि जिल्लाका सरोकारवाला निकायले बजार क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु गरेका छन् ।
उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखी १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछि डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो । आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, तीनै वटै सुरक्षा निकाय प्रमुख तथा कर्मचारी, उदयपुर उधोग वाणिज्य संघ, गैसस महासंघ, त्रियुगा उधोग वाणिज्य संघ, हुरेन्डेक लगायतका संस्थाको उपस्थितिमा जिल्लामा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । उदयपुर जिल्लामा संक्रमण तिब्र हुनथालेपछि डेंगी लामखुट्टे बस्ने स्थान नष्ट गर्ने अभियान सुरु गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
त्रियुगा नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा डेंगु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको त्रियुगा नगरपालिकाका उप्रप्रमुख महेस्वरी राइले जानकारी दिइन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा २६९ जनामा गरिएको डेंगु परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएपछि नगरले आफ्नो पालिका क्षेत्र भित्र फगिंङको काम समेत सुरु गरिएको उनले बताइन् ।
कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेंगु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया