रोग र उपचार

नुवाकोटको त्रिशुली अस्पताल प्रदेशभरिकै उत्कृष्ट

इकागज |
जेठ २३, २०८१ बुधबार २०:२ बजे

फाइल फाेटाे

काठमाडौँ - नुवाकोटको त्रिशुली अस्पताल प्रदेशभिरकै उत्कृष्ट अस्पताल घोषित भएको छ ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नविन दर्नालले क्लिनिकल अडिट गर्दा प्रदेशभरकै धेरै अ‍ंक ल्याएर उत्कृष्ट भएको बताए ।

त्रिशुलीले ७० प्रतिशत अंक पाएको थियो । क्लिनिकल अडिट अस्पतालको गुणस्तर मापन गर्ने सूचक हो ।


त्रिशुली अस्पतालद्वारा प्रदान गर्ने विभिन्न विभागीय सेवाहरुको गुणस्तरमापन स्वरूप क्लिनिकल अडिट  त्रिशुली अस्पतालका अध्यक्ष राजु पण्डित, स्वास्थ्य निर्देशानालायका वरिष्ठ स्वास्थ्य प्रशासक डा. दर्नाल लगायतका टिम सहित, निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामा तथा त्रिशुली अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको उपस्थितिमा मंगलबार सम्पन्न भएको थियो ।


Author

थप समाचार
x