Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

रोग र उपचार

मधुमेह भएकाले कति आँप खान हुन्छ ?

इकागज |
असार २६, २०८१ बुधबार २०:१४ बजे

अहिले आँपको मौसम छ । बजारमा हामीले निस्कनसाथ व्यापारीले आँप बिक्रीमा राखिएको भेटिने गरेको छ ।

आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ । आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ ।


स्वस्थ र स्वादिलो भन्दैमा जथाभावी केही पनि खान हुँदैन ।  कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खान हुँदैन पनि भन्छन् । आँप खाएर सुगर बिग्रिने भन्ने होइन।

आँपमा शरीरलाई चाहिने धेरै कुरा पाइने भएकाले यसको फाइदा मात्रै छ । कुनै पनि फलफूल मात्रा मिलाएर खानुपर्छ । त्यो भनेको बढीमा दुई सय ग्राम (एक पाउ) सम्म खान मिल्ने चिकित्सकले बताउने गरेका छन् ।

सुगरका बिरामीले गुलियो मात्रै खान हुँदैन भन्ने होइन। आम मानिसले खाएको सबै खाना भित्र गएर सुगर नै बन्छ ।

त्यसैले सुगरको बिरामीले आप खान हुँदैन भन्दा पनि कति खाने भन्ने हो । सुगरका बिरामीले एक दिनमा बढीमा एक सय पचास ग्राम आँप खान मिल्छ । स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ । वा कुनै एकथरी मात्रै खान पनि हुन्छ । तर बढीमा एक सय ५० ग्राम मात्रै खानु राम्रो हो।

हामी सामान्यतया चाहिनेभन्दा अत्यधिक खाना खान्छौं। हाम्रो खुवाइ ठीक छैन । भात धेरै खान्छौं । आफ्नो तौलको ख्याल हुँदैन । यसले गर्दा सुगर मात्रै होइन अन्य रोग समेत लागेको छ ।

धेरै खानु भनेको रोग बढाउनु हो । धेरै खाएमा मोटोपन बढ्छ । मोटोपन बढेपछि विभिन्न रोग लाग्छ । सन्तुलित आहार खाएमा केही हुँदैन ।

चिकित्सकसँग कुराकानी गरिएको ः डा. रुपक भारी

 


Author

थप समाचार
x