रोग र उपचार

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

इकागज |
साउन ६, २०८१ आइतबार १०:२० बजे

उदयपुर - जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । 


पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए । 'बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ' उनले भने । 

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट,पुरानो गाइघाट,असारी,मोतिगडा,देउरी,बगाहा,जलजले,राजाबास,चुहाडे, लक्ष्मीपुर,पोर्ताह,खैराहा झोडा,बिषणपुर,खैजनपुर,मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसंगै प्रत्यक घरमा एक,दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरलबाट प्रभावित भइरहेका छन्  ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।


Author

थप समाचार
x