रोग र उपचार

त्रियुगा नगर अस्पताल सञ्‍चालन

इकागज |
असोज ४, २०८१ शुक्रबार ८:३७ बजे

सांकेतिक तस्विर

उदयपुर- त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन सुरु गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सेवा सुरु गरेको हो । 

बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।


त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप घट्ने र सेवा सहज बन्ने विश्वास व्यक्त गरे ।

 अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकस्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताउनु भएको छ ।

एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । –रासस


Author

थप समाचार
x