रोग र उपचार

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

इकागज |
फागुन २१, २०८१ बुधबार १९:४९ बजे

फाइल फाेटाे

बुटवल - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् ।

नेपालमै सरकारी क्याम्पसहरूमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ ।


स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि संघीय अस्पतालहरूको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भैरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधारमा इमान्दार प्रयास गरिरहेका छौं । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’ मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवर्द्धन गरिरहेका छौं ।’

मन्त्री पौडेलले विद्यालयहरूमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरूमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्याउने कार्य प्रारम्भ भएको बताए । ‘हाम्रा विद्यालयहरुमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयसँगसमेत सहकार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘विद्यालय शिक्षाका माध्यमबाट नागरिकमा स्वस्थ जीवनशैलीका प्रभावकारी विधि प्रवर्द्धन गरेर नागरिकलाई स्वस्थ बनाउने हाम्रो प्रयास रहनेछ ।’
 


Author

थप समाचार
x