रोग र उपचार

प्रादेशिक प्रयोगशाला विस्तार, निजीमा महँगो शुल्क तिर्न नपर्ने

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १३:१४ बजे

काठमाडौँ - प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई विस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई विस्तार गरिएको हो । 

निजी प्रयोगशालामा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो । 


समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताए । उनले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताए । उनले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताए । मन्त्री साहले भने,  ‘जसको लागि भइरहेको छ, त्यसको उपस्थिति छैन, यो आम जनताको लागि भइरहेको छ, प्रदेशमा स्वास्थ्य स्थिति बदल्ने सरकारको प्रयास हो, कोरोनाको कारणले २ साल यता धेरै कुरा हुन सकेन ।’

प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताए । उनले जनता प्रयोगशाला जाँचकै लागि भएपनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो, उनीहरुको लागि पैसा र समय दुबै बचत हुने बताए । निर्देशक मिश्रले भने,  ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे जाँच गर्छ,  यहाँ सबै किसिमको जाँच हुन्छ, प्रदेशमा पब्लिक हेल्थ राखेका छौँ, यसबाट जनतालाई धेरै सहयोग पुग्छ, पैसा र समय दुबै बचत हुन्छ, प्रदेश सरकारले पालिका स्तरसम्म नै यसको दायरा बढाउनुपर्छ ।’

उनले आफू प्रदेश सरकार र स्थानीय पालिकास्तर सम्ममा यसको दायरा विस्तारमा लागेको बताउँदै दायरा विस्तार भएसँगै सेवा प्रवाह हुने बताए । 


Author

थप समाचार
x