रोग र उपचार

धादिङको रुवी भ्याली सेर्तुङमा पहिलोपटक पुग्यो एम्बुलेन्स

इकागज |
बैशाख ४, २०७९ आइतबार १५:२० बजे

धादिङ - धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामीण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । यातायातको पहुँच पुग्न नसकेको जिल्लाको विकट क्षेत्र सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

स्थानीय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम वर्षसम्म आइपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए । 


पहिले केही दुर्घटना वा विपदमा परेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने तथा अप्ठ्यारो परिस्थिति झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष विना लामाले बताइन् । 

सडक नपुग्दा स्थानीयबासीलाई खाद्यान्न लगायत आधारभूत सामानहरू घरसम्म लैजान खच्चर तथा लामो बाटो मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो ।

तर, अब यातायातको पहुँच पुगेसँगै धेरै सहज भएको स्थानीयले बताएका छन् । धेरै समय यातायातको पहुँच बाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक पुगेपछि खुसी भएका छन् ।
 


Author

थप समाचार
x