रङ्गमन्च

रङ्गमञ्चमा पुस्तासँगै शैली हस्तान्तरण जरुरी

इकागज |
मंसिर २, २०७९ शुक्रवार १०:४२ बजे

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ ९निटफेस्ट २०२२०ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तक्र्रिया गरेको छ । महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा उनीहरुले संगालेका अनुभव, कलाशैली, संघर्ष र तत्कालीक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो ।

नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज रङ्गकर्मीहरु पुस्कर गुरुङ, विजय विष्फोट, वीरेन्द्र हमाल सँग रङ्गकर्मी सरिता गिरीले कुराकानी छलफल गरेका थिए । तेस्रो पुस्ताका समकालीन रङ्गकर्मीहरु उनीहरुका अनुभव र संघर्ष सुन्‍न श्रोताका रुपमा सहभागी थिए ।


अन्तक्र्रियाका क्रममा अभिनेता, निर्देशकको रुपमा परिचित तथा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिले वर्तमान रङ्गमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तातरणको लागि भइरहेको बताए । उनले भने ,ुमैले नेतृत्व गरिरहेका रङ्गमञ्चीय काम र संस्था अगाडि बढाउन नयाँ पुस्ता तयार पारिरहेको छु ।ु

त्यस्तै नाटककार, निर्देशक, अभिनेता विजय विष्फोटले रङ्गकर्मीको मूल्याकंन भनेको उसको कामले गराउने बताउँदै देशले  अझैपनि रङ्गकर्मी नचिनिरहेको बताएका थिए । यसैकारण रङ्गकर्मीले यहाँ रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनु आवश्यकता रहेको धारणा राखेका थिए । ुआजभोलि थिएटर पनि ‘कस्मेटिक’ बन्दै गएको छ,ु उनको भनाइ थियो । 

नेपाली रङ्गमञ्चमा कलाकार, रङ्गकर्मीहरु जन्माउन उल्लेखनीय भूमिका रहेका एमआर्ट थिएटरका संस्थापक तथा अभिनेता, निर्देशक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रङ्गमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति बाँडेका थिए । ुकुनैबेला आफूले जन्माएका कलाकारका सामु यसरी नेपाली रङ्गमञ्चको अनुभव बाँड्न पाउँदा आफू भरिएको अनुभूति भइरहेको छ,ु उनको धारणा थियो ।  त्यस्तै उनले पुस्ता हस्तान्तरणमा रङ्गमञ्चको शैली र इतिहास पनि हस्तान्तरण हुनुपर्ने बताएका थिए । 

कार्यक्रममा स्वास्थ्य प्रतिकुलताका कारण अग्रज रङ्गकर्मीहरु चन्द्रमाला शर्मा र निशा शर्मा अन्तरक्रियामा सहभागी हुन सकेका थिएनन् । आयोजक मण्डला थिएटर नेपालले नाट्य महोत्सवलाई अग्रजको आशीर्वादसँगै समकालिन रङ्गमञ्चलाई महोत्सवमय बनाउनका लागि अग्रिम कार्यक्रम गरेको हो । यही मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तक्र्रिया, कला प्रस्तुतिहरु हुनेछन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरु सहभागी हुनेछन् । भारतबाट सुप्रशिद्ध अभिनेत्री शबाना आजमीलगायतले महोत्सवमा सहभागिता जनाउँदैछन् ।


Author

थप समाचार
x