रङ्गमन्च

ओजस थिएटरको प्रस्तुतिमा साउन १८ र १९ गते मञ्‍चन हुँदै नाटक 'आवर्त'

इकागज |
साउन १८, २०८१ शुक्रबार १९:५ बजे

काठमाडौँ- काठमाडौँको रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा 'आवर्त' नाटक मञ्चन हुँदैछ । ओजस थिएटरको प्रस्तुति रहेको उक्त नाटक यही साउन १८ र १९ गते साँझ ५ बजेर ३० मिनेटमा मञ्चन हुने छ ।

नाटकमा कलाकारहरू नारायण लामिछाने, जेसिका पोखरेल. विकाश पौडैल, रुविन सुनार, गोविन्द राज खड्का र दीपेशकुमार चौधरीको अभिनय रहेको छ ।


नाटकको निर्देशन विकाश पौडेलले गरेका छन् भने लेखन नारायण लामिछानेको रहेको छ । यस्तै निर्देशक सुपरिवेक्षण पंकज सार्कीको रहेको छ भने मञ्च व्यवस्थापकको काम गोविन्द राज खड्काले गरेका छन् । ​जेसिका पोखरेलको उत्पादन व्यवस्थापन रहेको नाटकको नृत्य कोरियोग्राफी रुविन विश्वकर्माले गरेका छन् । यस्तै सेट/ प्रोप्स व्यवस्थापकको काम दीपेश कुमार चौधरी, प्रकाश व्यवस्थापनमा गोविन्द राज खड्का, प्रकाश परिचालकको काम विशाल महर्जनले गरेका छन् । 

भरत महर ​ध्वनी परिचालक र पोशाक व्यवस्थापक गोविन्द टि.आर रहेका छन् ।


Author

थप समाचार
x