रङ्गमन्च

भदौ ७ देखि शिल्पी थिएटरमा ‘सोरठी’ नाटक: मगर समुदायको कथा अब मञ्चमा

इकागज |
साउन ३२, २०८१ शुक्रबार १५:३३ बजे

काठमाडौँ - बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि मगर समुदायको कथा बुनेको नाटक ‘सोरठी’ मञ्चन हुने भएको छ। प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ लाई आधार मानेर तयार गरिएको यो नाटकको नाट्य रुपान्तरण उपन्यासका लेखक सञ्जय काउछा मगरले नै गरेका हुन्।

यो नाटकसँगै संगीता थापामगरले आफ्नो निर्देशन यात्राको सुरु गर्दैछिन्। करिब ६ वर्षको नाट्यअनुभव बटुलेकी संगीताले निर्देशनको माध्यमबाट आफ्नो कला प्रस्तुत गर्न लागेकी हुन्। नाटकको परिकल्पना र निर्देशनमा संगीता र सञ्जयको सहकार्यले ‘सोरठी’ लाई जीवन्त बनाएको छ।


काउछा क्रियसनको प्रस्तुति र बिम्व आर्ट्सको सहकार्यमा बनेको यो नाटकमा कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तानलगायतका कलाकारहरूले अभिनय गरेका छन्।

नाटकको निर्माता यम ल्हायो मगर र प्रमोद खड्का हुन्। नाटक भदौ ३० सम्म साताको प्रत्येक दिन मंगलबारबाहेक साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ।


Author

थप समाचार
x