रङ्गमन्च

दश वर्षपछि महजोडीको ‘महजात्रा’ प्रहसन हुँदै

इकागज |
असोज १०, २०८१ बिहीबार १४:४० बजे

काठमाडौँ- महजोडी हरिवंश आचार्य र मदनकृष्ण आचार्यको दश वर्षपछि ‘महजात्रा’ प्रहसन हुने भएको छ ।  कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मह संचार र सुश्री मिडियाको सहकार्यमा 'महजात्रा' प्रहसन  मिरा फाउण्डेसन र मानव सेवा आश्रमको सहयोगार्थका लागि हुने जानकारी गराइएको हो । ‘महजात्रा’ प्रहसनको टिकट खल्ती एपबाट गर्न सकिने छ ।


प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंशाकार, शैलेन्द्र सिम्खडा यमन श्रेष्ठ,  दिनेश काफ्ले र विभुषण बस्नेत लगायतका कलाकारको प्रस्तुती रहनेछ ।

आयोजकका अनुसार प्रहसनको मुख्य उद्देश्य समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु हो । नेपाली समाजमा परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक कुरीतिहरूलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने हो । यसलाई महजोडीले अद्धितीय शैलीमा प्रस्तुत गर्ने छन् ।

दश वर्षपछि हुने प्रहसनमा महजोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई जीवन्त बनाउने र नेपाली दर्शकलाई हँसाएर विषयवस्तुमा सोच्न बनाउन सक्ने छन् । आयोजकले यस प्रहसनमा हास्य र सन्देश मिश्रण हुने जनाइएको छ । दर्शकलाई हँसाउने मात्र नभइ समाजप्रतिको धारणा बदल्न पनि प्रयास गर्ने छ ।

यो प्रहसनले विभिन्न समयमा नेपाली समाजमा घटेका राजनीतिक, सामाजिक र सांस्कृतिक घट्नाहरूको आलोचनात्मक दृष्टिकोण राख्नेछ । जसले गर्दा दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउने विश्वास गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

 

 


Author

थप समाचार
x