सम्पादकीय

तपाईंका चाडबाड शुभ रहून्

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १४:३७ बजे

कोरोनाको दोस्रो कहरबीच नेपालीहरूको महान् चाड दीपावली सुरु भएको छ । गत वर्षको तुलनामा यसपालि सरकारले ३५ प्रतिशत नेपालीलाई कोभिड–१९ को पूर्ण खोप लगाएकाले पनि चाडबाडमा महामारीले त्यति विकराल रूप लिन पाएन । यद्यपि पूर्ण खोप लगाए पनि सतर्कता र सावधानी अपनाएर चाडबाड बनाउनुपर्नेमा दुई मत हुन सक्दैन । नेपालीहरूले आफ्ना चाडपर्व हृदय खुलेर मनाउने गर्छन् ।

समाजमा यस्ता चाडपर्वले भाइचारा र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले राष्ट्रिय पर्वका रूपमा मनाउने गरिएको हो । नेपालीहरूले चाडबाड मनाइरहँदा भने देशको आर्थिक र राजनीतिक अवस्था जहिले पनि उस्ताको उस्तै रहँदै आएको छ । हुने÷खानेका लागि सधैं चाडबाड सरह हुने गर्छ भने छँदा खानेहरूका लाागि ऋणको गलपासो पनि लाग्ने गर्छ । यद्यपि नेपालीले ऋण काढेरै भए पनि चाडबाड मनाउनुलाई आफ्नो धर्म, संस्कृति र मौलिकपनलाई कायम राख्नु पनि हो । 


दाजुभाइले दिदी–बहिनीका हातबाट टीका थाप्ने चलनले भ्रातृत्व र मातृत्वको जगेर्ना गर्दै सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने गर्छ । आफ्ना दाजुभाइलाई दिदी–बहिनीहरूले गच्छेअनुसार भोजन गराउने, उपहार दिने गरिन्छ भने दाजुभाइले पनि आफूले सकेको दक्षिणा दिने गर्छन् । यस्तो चलनले आत्मीयता अभिवृद्धि गर्छ । जसले समाजलाई संग्लो बनाउन मद्दत पनि पुग्छ । 

उता घरघरमा गएर खेलिने द्यौसी भौलोले हाम्रो संस्कृति र परम्परालाई अझ जीवन्त राख्ने गर्छ । यद्यपि अघिल्लो वर्ष कोरोना कहरका कारण द्यौसी भैलो खेल्न प्रशासनले रोक लगाएको थियो । यसपालि राति नौ बजेसम्म सामाजिक दूरी कायम राख्दै र स्वास्थ्य मापदण्ड पालना गर्दै द्यौसी भैलो खेल्न अनुमति दिएको छ । द्यौसी भौलोलाई विशृंखल हुन नदिई मेलमिलाप, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्य हुनुपर्छ । 

दीपावली, म्हःपूजा, नेपाल संवत् जस्ता शुभ चाडको अवसरमा हामी हाम्रा समस्त पाठक, शुभेच्छुक, विज्ञापनदाता सबैमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छौं । तपाईंहरूको चाड शुभ रहोस् ।

सपालिको तिहारमा पनि भारतबाट आयात गर्नुपर्‍यो । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशत फूलको माग वृद्धि हुने गर्छ । यसपालि ५० हजारभन्दा बढी फूलका माला आयात भए । आफैँले उत्पादन गर्न सकिने फूलसमेत आयात गर्नुपर्ने ‘बाध्यता’ले सरकारले गिज्याइरहेको प्रतीत हुन्छ । अर्काे वर्ष भने नेपाल फूलमा स्वनिर्भर हुन सके डलर तिरेर साटिएको भारतीय रूपैयाँ बाहिर जाँदैनथ्यो । 

यतिबेला मुलुकको राजनीतिक गिजोलिएको । दुई सातादेखि देशको सर्वाेच्च अदालत अवरुद्ध भएको छ । सर्वाेच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ । अझ तिहारपछि पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलनलाई चर्काे तुल्याउने उद्घोष बार एसोसिएसनले गरिसकेको छ ।

उता व्यवस्थापिका संसदलाई एमालेले चल्न नदिएर ठप्प पा¥यो भने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने चर्चा चल्दै गर्दा सरकारले अधिवेशन अन्त्य गरिदियो । यस्तो राजनीतिक छिनाझप्टीका बीच नेपालीहरू दोस्रो ठूलो चाड तिहार मनाइरहेका छन् । तिहारपछि नेपालको राजनीति संग्लिने आम नागरिकको अपेक्षा छ । 
नेपालीहरूले अर्काे वर्षको दसैं तिहारजस्ता महान् राष्ट्रिय पर्वमा देशको राजनीति संग्लिएको हेर्न चाहेका छन्, विगतमा जस्तै । आशा गरौं हाम्रा नेताहरूको बुद्धि फिर्नेछ । दीपावली, म्हःपूजा, नेपाल संवत्को शुभ अवसरमा हामी हाम्रा समस्त पाठक, शुभेच्छुक, विज्ञापनदाता सबैमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छौं । तपाईंहरूको चाड शुभ रहोस् ।


Author

थप समाचार
x